ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेले संगठन विस्तार, पार्टी सुदृढीकरण, सदस्यता नवीकरण लगायतका कार्य तल्लो तहसम्म पुगेरै गर्नको लागि सुरु गरेको २ महिने मिसन ग्रासरुट अभियान गोदावरी नगरपालिकामा पनि सुरु भएको छ ।
पार्टीका गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार १९ गते नगर कमिटिको विस्तारित बैठक बसी ग्रासरुट अभियान सुरु भईसकेको छ । स्थानीय चुनावमा नगरपालिका भित्र अनपेक्षित पराजय भोगेको पार्टीले अब मिसन २०८४ को रुपमा अभियान सुरु गरिएको थापाको भनाई छ ।
जसअनुसार आगामी फागुन २४ गते वडाका उम्मेदवार सहित पूर्व र वर्तमान जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम,२४ गते नै किसान महासंघको नगर अधिवेशन तय गरिएको छ भने फागुन २६ गते नगरका सबै जनसंगठन हरुको संयुक्त पदाधिकारी बैठक राखिएको छ । यसैगरी चैत १०/११ गते स्थानीय वडाहरुको समस्याको पहिचान गर्दै हल गर्नको लागि छलफल गरिनेछ भने चैत १५ गते नगर भरीका पेसाकर्मी बुद्धिजीवी तथा मजदुरहरुसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । चैत्र १८ गते सबै वडा शाखामा प्रशिक्षण भेला आयोजना गरिनेछ ।
चैत २५ गते सदस्यता नवीकरण,नयाँ सदस्यता फर्म वितरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।चैत३० देखि वैशाख ५ गतेसम्म सबै कमिटिहरुको लेखापरीक्षण सम्पन्न गर्ने, २ देखि ६ सम्म चापागाउँ, टौखेल, ठैब, ठेचो, लेलेमा जनतासँग एमाले कार्यक्रम गरि सल्लाह गुनासो ग्रहण गर्ने कार्यक्रम छ ।
वैशाख ८ गते नगरको अभियान समीक्षा गर्दै बैठकमा अग्रजलाई सम्मान गर्दै अभियान समापन गरिनेछ । यसैगरी थप कार्यक्रमहरुमा जन सरोकारको विषयमा नगर र वडाले जनपरिचालन गर्ने,धुवाँ,धुको,प्रदुषण,नगर यातायात तथा नगरभरीका समस्यालाइउ लिपिबद्ध गरि ज्ञापन पत्र, विरोध, घेराउ, धर्ना आदि गर्ने कार्यक्रम छ । अभियानको लागि केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य धर्मदत्त देवकोटा,प्रदेशबाट प्रेम महर्जन तथा जिल्लाबाट श्याम शर्मा बजगाइँ गोदावरीमा खटिएका छन् ।