काठमाडौं, फागुन २३
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १४.७५% नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।अघिल्लो वर्ष यसले कर सहित ५.४१% नगद लाभांश वितरण गरेको थियो ।