neapl investment mega bank
  • गृहपृष्ठ
  • कविताः प्राण भन्दा प्यारो देश नेपालको…

कविताः प्राण भन्दा प्यारो देश नेपालको…

Mar 7th, 2023

काठमाडौं, फागुन २३

प्राण भन्दा प्यारो देश नेपालको माया लाग्छ
सहिदहरुको बलिदान सबैले सम्झनुपर्छ
 
हामीले हाम्रो पसिना र रगतले देश बनाउने छौ
वीरहरूको  रगतले सिचेका सीमारेखाहरू बलियो बनाउने
छौ
स्वतन्त्र र शान्ति भूमि भनेर चिनाउने छौ
यै माटोमा प्रीतिको फुल रोप्ने छौ

भविष्य कोरेर भोलिको सबले नेपालको माया गर्नुपर्छ
स्वर्ग जस्तो सुन्दर देश  हाम्रो सबैमा एकताको भावना
हुनुपर्छ

प्राण भन्दा प्यारो देश नेपालको माया लाग्छ
सहिदहरुको बलिदान सबैले सम्झनुपर्छ

-गोबिन्द राज ओझा (राजन), दिपायल सिलगढी न.पा.२ दिपायल डोटी