काठमाडौं, फागुन १८
काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
बुधबार राति उनले काठमाडाैँकाे बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
उनकाे स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। तर विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।
वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।
यस्तै, अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन्।