neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी

ललितपुर महानगरमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी

Mar 2nd, 2023

ललितपुर, फागुन १८

ललितपुर ।  ललितपुर महानगरले महानगरभित्रका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 

शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण सहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन ठाउँमा उपकेन्द्र खोल्ने तयारी गरेको नगर प्रमुख चिरीबाबु महर्जनले बताए । ललितपुर महानगर प्रमुख महर्जनले वडा नं.२२ बुङमतिमा, वडा नं ८ को गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्नु पर्ने बताए ।