ललितपुर ,फागुन १६
ललितपुरको ललितपुर महानरपालिका वडा नं.१६ को गावहाल बालुखा, काय्गुननीमा श्रीदशमहाविद्याका देवीहरु मध्ये एक “भैरवी माता” त्रिलिङ्गेश्वर महादेव मन्दिरको प्राङ्गडमा चैत्र ८ गते देखि १६ गते सम्म अध्यात्म शिरोमणि पण्डित कथा वाचक श्रीरामकृष्ण उपाध्यायज्यूको मुखार विन्दबाट श्रीमद् देवी भागवत महापुराण नवाह महायज्ञ लगाइने भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र लाल जोसीका अनुसार नवाह महायज्ञको श्रीदशमहाविद्या देवीहरु मध्ये आदी शक्ति सनातन साक्षतकीआदि शक्तिकी धनि माता “भैरवी माता” तन्त्र विद्याकी धनी, नेगेटिभ बिचारलाई विकार गरी सद्बिचार दिने, देशमा अशान्ति भएकोमा शान्ती लाउने, शत्रु निर्मूल गर्ने, निःसन्तान भएकालाई सन्तान दिने, निर्धनीलाई धन दिने, पढाइमा कमजोर भएकालाई पढाईमा तीक्ष्ण बुद्धि र ज्ञान दिने साक्षत देवी “भैरवी माता” र त्रिलिङ्गेश्वर महादेव परिसरमा नवाह श्रीमद् देवीभागवत् नवाह महायज्ञ लगाउने र यसबाट संकलित भेटीबाट विशेष कोष खडा गर्ने, श्रीदशमहाविद्याकी देवीहरुको नियमित नित्यपूजा सञ्चालन गर्न पुजारीको व्यवस्था गर्ने, श्रीदशमहाविद्याका देवीहरु विराजमान हुनु भएका स्थानहरुको संरक्षण र सम्बद्र्धन गर्न नवाहा महायज्ञको उद्देश्य रहेको अध्यक्ष जोशीले बताए ।
