neapl investment mega bank
  • गृहपृष्ठ
  • सहयोगी मनहरु भगवान पशुपतिनाथ क्षेत्रमा

सहयोगी मनहरु भगवान पशुपतिनाथ क्षेत्रमा

Feb 18th, 2023

फागुन ६, काठमाडौं
शिवरात्रीको दिन आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा सहयोगी मनहरुले भक्तजनहरुलाई सहयोग गरिरहेका छन ।
कोटेश्वरस्थित सहयोगी मन ग्रुपले भक्तजनहरुलाईए ग्लुकोज पानी खुवाएर सहयोग गरिरहेका छन् । गर्मी बढेसंगै पानीको प्यास मेटाउन पानी र सरिरको पसिना बगेको शक्ति सन्तुलनलाई सन्तुलित राख्न ग्लुकोज पानी खुवाएर सहयोग गरेको संस्थाकी अध्यक्ष कमला पौडेलले जानकारी दिइन् ।

आज शिवरात्रीको दिन यो सहयोगी मन ग्रुप मात्र होइन । धेरै संस्थाहरुले पशुपति क्षेत्रमा सहयोग गरेको पाइएको छ । जस्तै पर्शा मिलन केन्द्रले जिवन जल, सिटामोल, प्रेसर, सुगर, जाँच सेवा गरेको छ । नेत्रज्योती संघले आँखा, सुगर, प्रेसर, हिमालद्वारा खानेपानी, ब्रह्म सेवा समितिले खिर, हलुवा तरकारी, विहान नास्ता, दिउसो खाना, खाजाको निशुल्क व्यवस्थापन गरेको छ । त्यस्तै मारमावाडी सेवा समितिले सोही बमोजिम सहयोग गरेको छ ।

प्रत्येक पण्डालमा कुनै न कुनै संस्थाले निशुल्क फलफूल, पुरी तरकारी, हलुवा चना, खिर, सर्वत, चिया विस्कुट, दही चिउरा, निशल्क सेवा दिइ रहेका छन् । सहयोगी ग्रुप लगाएतका सम्पूर्ण संस्थाहरुले २५ लाख भक्तहरुको सेवा पु¥याउने लक्ष्य लिएको बताएका छन् । पशुपति विकास कोषले यस पाली पास व्यवस्था नगरी समान रुपले भक्तजनहरुको दर्शन गर्न लाइन तथा सर्वसुभ लागि कुपनको व्यवस्था समेत मिलाएको जनाएको छ ।