काठमाडौं ,फागुन ३
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सहकारी र लघुवित्तले निम्न वर्गलाई ऋणको भारी बोकाएर रसातलमा पु¥याउने काम मात्र भएको बताएकी छिन् । प्रति निधि सभाको बुधवारको बैठकमा सांसद सोविता गौतमले गरीव जनतालाई ऋण लिन बाध्यता बनाएकोे अवस्थामा साहुकारले लाभ लिइ रहेको बताइन् । लघुवित्त र सहकारीको ऋणबारे नियमन गर्न सांसद गौतमले सरकार संग आग्रह गरेकी छिन् । सुलभ कर्जा प्रवाह गरी निम्न बर्गीय मानिसहरुलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यकासाथ सहकारी लघुवित्तको अवधारणा ल्याईएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसहरुको पहुँछमा पुगेको पाइन्छ । तर अत्यधिक मुनाफा आर्जनको उद्देश्य राख्ने केही सहकारी र लघुवित्त मार्फत निम्न बर्गीय जनतालाई ऋण माथि ऋण बोकाएर रसातलमा पु¥याउने काम भइरहेको छ उनले भनिन् ।
देशमा खस्कदो अर्थतन्त्र, महंगी र बेरोजगारका कारण आम मानिसमा बढ्दो मात्रमा ऋण लिन बाध्य भएको भन्दै उनले त्यही बाध्यताको लाभ उठाउँदै साहुकारहरु घर घरमै गएर विना धितो ऋणको प्रलोभन देखाएर आर्थिक शोसन गरेका र कतिपय ऋणीले ऋणको तनाव सहन नसकेर आत्महत्या गरेका समाचार बारम्बार आइरहेको बताइन् ।
राष्ट्र बैंकले त्यस्ता सहकारी र लघुवित्त माथि कारवाही गर्नुपर्ने सांसद गौतमको भनाई थियो। ऋण तिर्न नसक्ने एउटै मुखयकारण एउटै व्यक्तिलाई २० औं संस्था र लघुवित्तको ऋण दिनु मुख्य कारण भएको बताइन् । राष्ट्र बैंकले सहकारी संस्था र लघुवित्त माथि कडारुपमा नियमन र कारवाही गर्नुपर्छ । उनले भनिन्, यदि राष्ट्र बैंक आफैंले नियमन गर्न नसक्ने भए दोश्रो तहको नियमनकारी निकाय गठन गरी नियमन गर्न र वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर आउन सरकारलाई अग्रह समेत गरेकी छिन् ।