neapl investment mega bank
  • गृहपृष्ठ
  • बज्रवाराही मन्दिरमा १ माघ देखि श्रीमद्भागवत् सप्ताह लगाइने

बज्रवाराही मन्दिरमा १ माघ देखि श्रीमद्भागवत् सप्ताह लगाइने

Dec 28th, 2022

ललितपुर ,पौष १३
ललितपुरको गोदावरी नगरपालिका वडा नंं. ११ बज्रवाराही मन्दिरमा सप्ताह व्यापी रुपमा माघ १ गते देखि ७ सम्म श्रीमद्भागवत् पूजा लगाइने भएको छ । श्रीमद्भागवत् पूजा वाचक श्री कपिलदेव भट्ट र श्री डेगनाथ ढकालज्यूका मुखारविन्दबाट श्रीमद्भागवत वाचन हुनेछ । बज्रवाराही मन्दिरमा करीव ३० वर्ष अघि मात्र मन्दिरमा दैनिक नित्य पूजा हुने गरेकामा हाल दैनिक नित्य पूजा रोकिएको बुझिएको छ ।

सो श्रीमद्भागवत पूजाबाट संकलित भेटीले बज्रवाराही मन्दिरको नाममा एक अक्ष्यय कोष खडा गरी ३० औं वर्ष देखि रोकिएको नित्य पूजा दैनिक हुने भएको छ । बाकी संकलित रकमले मन्दिर परिसरमा रहेका मठ, मन्दिर लगायत मन्दिर हातामा भएका मन्दिरहरु मर्मत सम्भार संरक्षण गरी चौतर्फी विकासमा खर्च गरिने श्रीमाई बज्रबाराही आगछें देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले बताए ।