neapl investment mega bank
  • गृहपृष्ठ
  • लैङ्गिक हिंसा विरुद्ध महिला संजालले र्‍यालि गर्दै

लैङ्गिक हिंसा विरुद्ध महिला संजालले र्‍यालि गर्दै

Dec 8th, 2022

काठमाडौं, २२ मङ्गसिर
ललितपुरको महालक्ष्मी महिला शसक्तिकरण संजालले मंसीर २३ गते विहान ७ः०० बजे इमाडोलको कमलपोखरी सामुदायिक भवन देखि लुभु पुलसम्म लैङ्गिक हिंसा विरुद्ध  र्‍यालि गर्ने भएको छ ।

र्‍यालिको संयोजक माओवादी नेता सिब कट्टेलले गर्ने छन् ।  र्‍यालिमा सहभागिताको लागि महालक्ष्मी नगर भित्रका संघ, संस्था, समाजसेवी, महिला, बुद्धिजीवी, पत्रकारहरुलाई सहभागी हुन संंथाकी अध्यक्ष निञ्जु प्रधानले आव्हान समेत गरेकी छिन् ।