ललितपुर १० मंसीर
ललितपुरको महालक्ष्मी नगरपालिकामा सार्वजनिक शौचालय अभावका कारण कारण र्धािर्मक पर्यटक, पैदल यात्रु र वटुवाहरुलाई सास्ती खेप्नु परेको छ । संखदेवी निवासी राधा खड्का भन्छिन्, -सामान किन्न बजार जाँदा करीब एक घण्टा लाग्छ । शौचालय जान परयो भने कता जाने थाहा छैन ? आफन्तको घर जाऊँ अप्ठेरो लाग्छ । जसरी तसरी घरनै पुग्न पर्छ । यस विषयमा सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन ।
सार्वजनिक जग्गा नभएको जग्गा पाए प्रत्येक वडामा १/२ वटा सार्वजनिक शौचालय बनाउँदै जाने महालक्ष्मी नगरपालिका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ जानकारी दिए । सो क्षेत्रमा लुभु सामुदायिक शौचलय छ तर तर फोहोरै फोहोर भएकोले समस्या परेको स्थानीयको गुनासो छ ।