काठमाडौं ६ मंसिर
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराएका थिए । कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।
यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए। मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर चुनाव लडेका थिए ।