neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले अध्यक्ष केपी शर्मा ओली दोब्बर मतले अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओली दोब्बर मतले अगाडि

Nov 22nd, 2022

काठमाडौ ५ मंसिर

प्रतिनिधिसभामा झापा–५ बाट चुनाव लडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झण्डै दोब्बर मतले अगाडि छन्। ओली मतगणनाको सुरुवातबाट नै अगाडि थिए।

निर्वाचन आयोगका अनुसार ९ हजार ९६९ मत गणना हुँदा ओलीले ५ हजार १६३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले दुई हजार ५७५ मत पाएका छन्।