काठमाडौं २९ कात्तिक
नेपाली काँग्रेसका बलबहादुर केशी आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोलुखुम्बमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्दैछन् । सोलुखुम्बुमा ३० वर्षदेखि लगातार चुनाव लड्दै आएका बलबहादुर केसीले एमालेका केन्द्रीय सदस्य मनवीर राईसंग प्रतिस्पर्धा गर्दै छन् । सोलुबाट सातपटक उम्मेदवार भएका केसी चारपटक निर्वाचित भैसकेका छन्। उनी पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्ने तरखरमा छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता केसीले माओवादीसहितको गठबन्धनले साथ दिएपटि आफूले जित्नेमा ढुक्क छन् । २०७४ सालको निर्वाचनमा हराएको माओवादीले नै अहिले केसीलाई समर्थन गर्दा उनको जितमा सहज देखिन्छ ।