ललितपुर ,१९ कार्तिक
ललितपुर क्षेत्र नं १ (१) नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेलले आसन्न निर्वाचन पश्चात मुलुकले सबलका साथै सफल नेतृत्व प्राप्त गर्ने बताउनुभएको छ । पत्रकारसँग भेटघाटका क्रममा उहाँले आज आफ्ना पार्टीका साथै आफू र सोसँग आवद्ध साथीहरुले निर्वाचनमा विजय हासिल गरे नेपालमा समतामुलक समाज निर्माण हुने दाबी गर्नुभएको हो ।
सो निर्वाचन गणतन्त्र प्राप्ति पछिको दोस्रो निर्वाचन हुनाका साथै नेपालमा बहुदल प्राप्ति पछिको सातौँ निर्वाचन रहेको पौडेलले सुनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताले यो निर्वाचनलाई धेरै हदसम्म आशा गरेका छन् । यो निर्वाचन पश्चात मुलुकले सबल र सफल नेतृत्व सहित राजनीतिक स्थीरता पाउनाका साथै विकास निर्माणले समेत नयाँ गति लिनेछ ।” सो निर्वाचनबाट नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका धारणा राख्दै नेपालमा अहिले लोकतन्त्र माथि आलोचना बढिरहनु र सोमा औँलो ठडाइरनुको प्रमुख विषय भनेको बढ्दो भ्रष्टाचार रहेकाले सोलाई अन्त्य गर्न आफू लाग्ने पौडेलको भनाइ रहेको छ ।
मुलुकको प्रशासनमा देखिएको भ्रष्टाचार, प्रशासन संयन्त्रमा देखिएको भ्रष्टाचार र शासनमा देखिएको कुशासन अन्त्य गर्ने मेरो दायित्व रहने पौडेलको धारणा छ । नेकपा एमालेले शुशासनयुक्त समाज, नेपाली जनताले चाहेको समाज, नेपालको लोकतन्त्र प्राप्तिका लागि देशका हजारौँ हजार सहिदले सोचेको जस्तो गणतन्त्र नेपालको समाज, र भ्रष्टारमुक्त समाज निर्माणलाई पहिलो प्राथमिकतामा रखेको बताउँदै उहाँले आफूले पनि सोही अनुरुप मुलुकमा सुशासनयुक्त समाज निर्माण गरी भ्रष्टाचार निमूल गर्ने कामलाई पहिलो प्राथमिकता राख्ने भएको जानकारी गराउनुभयो ।
ललितपुरका वस्ती व्यवस्थीत तथा आधुनिकीकरण र समृद्ध बनाउँदै जाने एवं यहाँका जनजीवनका सवाललाई ध्यान दिने आफ्नो पहिलो जिम्मेवारी रहने पौडेलले सुनाउनुभयो ।