ललितपुर,१८ कात्तिक
ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालले आफ्ना चुनावी प्रतिस्पर्धी उदय शमसेर राणालाई स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका राणाले चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा आफ्ना बृद्ध बाबु सागर शमसेर राणालाई सिलवालले गाली गरेको अभिब्यक्ति दिएपछि सिलवालले यसको खण्डन गरेका हुन् । बिहीबार गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँमा वडा निर्वाचन परिचालन कमिटीको उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान सांसद सिलवालले आफूले निर्वाचन जितेर राज्य मन्त्री हुँदा जनताका लागि के गर्नुभयो भन्दै प्रश्न गर्नुभयो ।
मैले ब्यक्तिगत रुपमा कसैको नाम पनि लिएको थिइँन , उदय शमसेरले भाषण गर्नुभएछ , नवराज सिल्वालले मेरो वंशलाई गालि गर्नुभयो, बरु मलाई गाली गरेको भए हुन्थ्यो , उहाँले भन्नुभयो र्, मैले उहाँको वंशलाई केही गाली गरेको छैन , उहाँको बुबा सागर शमसेरप्रति मेरो सम्मान नै छ ।
सिलवालले कांग्रेस पार्टी वंशवादतर्फ गएको भन्दै भूगोलको नेतृत्वमा किन कांग्रेसबाट आउँदैनन् ,भन्दै प्रश्न गर्नुभयो । १ नम्बर क्षेत्रमा अझै राणा शासन अन्त्य भएको छैन र्। किन ललितपुर क्षेत्र नम्बर १ हाँक्न सक्ने यहिँको माटोमा जन्मिएको र हुर्किएको नेताले भूगोलको नेतृत्व गर्दै संसदमा जान सक्दैन ?, उहाँले प्रतिप्रश्न गर्नुभयो र्, किन कुपन्डोलको दरबारकाले मात्रै सधै टिकट ल्याउँछन् । किन सफल नेतृत्व जन्माउन सक्दैन ?
नेपाली जनताले आन्दोलन र संघर्ष गरेर २०४८ मा बहुदलीय प्रजातन्त्र २०६२/०६३ मा लोकतान्त्रिक गणतन्त्र हुँदै संघीयता ल्याएको तर नेपाली कांग्रेस ललितपुर १ भित्र राणा शासनको अन्त्य अझै हुन नसकेकाले कांग्रेसभित्र कहिल्यै अवसर नपाएर असन्तुष्ट बनेका नेता–कार्यकर्ताको साझा प्रतिनिधी आफू भएको सिल्वालको भनाई छ ।
२०७४ पछि एमालेले बनाएको सडकमा करौडोंको गाडी चढेर हिड्ने उदय शमसेरले उल्टै नवराज र एमालेले केही गरेन भन्दै गाली गर्ने बाहेक उदय शमसेरको राजनितीक चुनाबी एजेण्डा केही पनि नभएको सिल्वालको आरोप छ । उनले प्रश्न गरे , मष्टिर राणा तपाईको राजनितीक एजेण्डा के हो ? कुनै प्रोजेक्ट गर्नुभएको छ ? खाली सांसद र मन्त्री बन्नका लागी मात्र राजनिती गरेर चुनाव लड्ने हो र। ह्वाट् इज् योर एजेण्डा मिष्टर राणा कम एण्ड टक विथ मि ।