काठमाडौं १६ कार्तिक
नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
मंगलबार लामिछानेको बयान सकिए पछि बुधबारदेखि इजलासमा थुनछेक बहस शुरु भएको हो । आज इजलासमा नौ जना वकिलले बहस गरेका थिए पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्।