काठमाडौँ, १६ कार्तिक
ललितपुर क्षेत्र नं. २ का उम्मेदवार प्रेम महर्जनले मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रका जनताले आफुलाई निर्वाचित गराएमा यस क्षेत्र भित्रका जनताको सेवामा सदैब समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएका छन । सो कुरा ललितपुर क्षेत्र नंं. २ का उम्मेदवाहरुसंग साक्षात्कार कार्यक्रम बोल्दै ललितपुर कला, संस्कृति, पर्यटकीय नगर भएकोले पर्यटन पूर्वाधारको विकास गरी जनताको आर्थिक उन्नती तर्फ लागि लैजान बढ्दो युवा शक्ति बैदेशिक रोजगार जानु पर्ने वाध्यता कम गर्न ललितपुरका दुई नं. क्षेत्रमा बढी कालीगढहरुको बस्ती भएकोले यस क्षेत्रमा हस्तकला, मूर्तिकला, काष्ठकला, धातुकला उद्योगको स्थापन र प्रवद्र्धन गर्ने नीति नियम बनाउन सधै अग्रसर हुने जनाएका छन् ।
त्यस्तै जनताको आर्थिक विकासमा टेवा पुग्ने साँस्कतिक संपदा, अमूर्त संस्कृति, कृषि उत्पादन, लाकुरी भन्ज्याङ्ग देखि मानेदोभान सम्म सडक यातायात सेवा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने यस क्षेत्र भित्रको नदीहरुमा बढ्दो अतिक्रमण रोकी, नदीहरुमा कोरिडोरको विस्तार गरी ढल व्यवस्थापन गरी पर्यटकीय हव बनाउने, सरसफाईमा उचित व्यवस्थापन गरी जनताको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने विचार बचन व्यक्त व्यक्त गरेका छन् ।