neapl investment mega bank
  • गृहपृष्ठ
  • लोकतान्त्रिक वाम महिला भेला सम्पन्न, महिला अब भाषणमा होइन आशनमा : रिशा श्रेष्ठ

लोकतान्त्रिक वाम महिला भेला सम्पन्न, महिला अब भाषणमा होइन आशनमा : रिशा श्रेष्ठ

Oct 31st, 2022

ललितपुर , १४ कार्तिक

आगामी मंसीर ४ गतेको चुनाबलाई लक्षित गर्दै ललितपुरको महालक्ष्मी नगरपालिकाका लोकतान्त्रिक वाम गठबन्धनको महिलाहरुले भेला गरेका छन् । भेलाको उद्घाटन बागमती प्रदेश मामिला समितीका सभापति तथा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य माधव पौडेलको प्रमुख आतिथ्यतामा गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै पौडेलले लोकतान्त्रिक वाम गठबन्धनका महिला साथीहरुले निर्वाचनमा महिला परिचालन गर्ने आशयबाट महिलाहरुका गतिविधि लागि महिला भेला आयोजना गर्नु भएकोमा खुसी लागेको बताउदै । २०१७ सालमा जसरी राजा महेन्द्रले प्रजातन्त्र हत्याउने काम गरे पछि ०४५ साल सम्म लोकतान्त्रिक वाम गठबन्धन बनाउन सकेनौं जब ४६ सालमा लोकतान्त्रिक वाम गठबन्धन बनाएर जन आन्दोलनमा गयौं त्यसै लोकतान्त्रिक जन आन्दोलनको बलबाट प्रजातन्त्र स्थापना गरी संविधान निर्माण गरी महिला, हक हितका कुरा, सामाजिक विकास कुरा, आर्थिक विकासका कुरा संविधानमा सुनिस्चितता गरी जन आन्दोलनको बलबाट प्राप्त संविधान पटक पटक भंग गरी देशमा ताना शाह लाग्द खोजे पछि पटक पटक संविधान माथि तानाशाह प्रविधिका व्यक्तिहरुले संविधान विघटन हुदै संविधान समाप्त पार्न खोज्ने नेकपा एमालेका उम्मेदवारहरु फेरी निर्वाचित भएर आएमा संविधान माथि घात गर्ने पार्टीलाई मत नहाल्न जनताको घर घरमा जानु पर्ने बेला आउनुका साथै तपाई महिलाहरुले संविधानको रक्षा गर्न चनाखो हुनु पर्ने समय आएको बताए ।

त्यस्तै अर्का अतिथि नेकपा समाजवादीका उम्मेदवार कृष्ण लाल महर्जनले ७ साल, १७ साल, ३६ साल, ४६ साल, ६२, ६३ सालमा नेपाली काँग्रेस समेत लोकतान्त्रिक गठबन्धनको आन्दोलनबाट संविधान निर्माण भएको उदृत गर्दै अझ तपाई महिलाहरुको भूमिका अहंम रहेको हुनाले आउदो मंसीर ४ गतेका निर्वाचनको लागि पनि तपाई महिला साथीहरुले लोकतान्त्रिक वाम गठबन्धनका महिलाहरुको अगुवाईमा निर्वाचन परिचालन महिला भेला समिती बनाएको र लोकतान्त्रिक वाम गठ बन्धनका उम्मेदवारहरुलाई यो चिन्ह त्यो चिन्ह नभनी मतदान लागि जनताको घर घरमा गएर मतदाताहरुलाई मतदान गर्न लगाउनु हुन समेत अनुरोध गरे ।

भेलामा ललितपुर क्षेत्र नंं. २ प्रदेश (ख) का उम्मेदवार रामकृष्ण चित्रकारले अबको चुनाव संविधान बचाउने कि संविधान सिद्धाउने पक्षमा भन्ने मूल मन्त्रको नारा लिएर आम जनता जान तपाई महिलाहरुको अहंम भूमिका रहने जानकारी गराए । प्रदेश नं.२ (क) उम्मेदवार रिशा श्रेष्ठले पटक पटक लोकतान्त्रिक वाम गठबन्धनको संघर्षबाट आएको संविधानले महिला अधिकार भाषणमा मात्र सीमित नभएर अब आसनमा बस्न समेत सिद्ध भएको बताउदै आर्थिक रुपमा, सामाजिक रुपमा, निर्वाचनमा उम्मेदवारी दिन समेत महिलाहरु प्रत्येक्ष तथा समानुपातिक पनि महिला संख्या उल्लेख्य भएको र अब मंसीर ४ गते हने निर्वाचनमा वाम गठबन्धनको तर्फबाट विजयी भएर आएमा महिलाको हरेक क्षेत्रमा अधिकारको लागि नीति निर्माण गर्न पहल गर्ने जिकीर गरिन् ।

अन्य अतिथिहरु नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मी महर्जन, महालक्ष्मी नगर कमिटीका सभापति दिवाकर शिल्वाल, नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. २ (क) प्रदेशका संयोजक दिवाकर नेपाल, नेपाली काँग्रेसकी समानुपालिक उम्मेदवार फरिन्दा महर्जन, नेकपा माओवादी केन्द्रका रामगोपाल सिंह, समानुपातिक उम्मेदवार कृष्ण कुमार महर्जन, नेकपा समाजवादीकी उम्मेदवार अम्बीका श्रेष्ठ, महालक्ष्मी नगर कमिटी संयोजक नकुल थापा लगायतका नेताहरु उपस्थित थिए । भेलाको सभापतित्व नेपाली काँग्रेसका लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।