कार्तिक १३, ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७ मा लोकतान्त्रिक वाम गठबन्धनको साझा चुनाब परिचालन कार्यालय उद्घाटन ललितपुर क्षेत्र नं. २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले रिबन काटेर उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कृष्णलाल महर्जनले सम्बोधन गर्दै देशमा जहिले जहिले संकट आउछ नेपाली काँग्रेस सहित वाम पार्टी एक जूट हुनु परेको छ चाहे ७ साल ३६ साल ४६ साल ६२, ६३ सालको जनआन्दोलनमा होमिएर किन नहोस नेपाली काँग्रेस लगायत वाम पार्टी एक साथ मिलेर प्राप्त जनताको बहुदलीय लोकतन्त्र ल्याएको कुरा अवगत गराउँदै जनताको लामो संघर्षबाट आएको लोकतन्त्र गुम्नबाट जोगाउन लोकतान्त्रिक वाम शक्ती मिलेर जनताले लामो संघर्षबाट प्राप्त बहुदलीय लोकतन्त्र नेकपा बाम गठबन्धनका के. पी. ओलीको बहुमतको सरकारको पालामा हामी हाम्रा निर्वाचित सांसदले आफ्नो कुनै काम गर्ने मौका नै पाइएन किन भने जनताको समस्याको कुरा राख्न नपाउने सानीमाको सन्तान जस्तो के. पी. ओलीको प्रधानमन्त्रीको सरकारको कार्यकालमा जनताकोे कुरा राख्न खोज्दा उल्टै जन म्याण्डेटबाट आएको संविधान २/२ पटक विघटन गरी जनताको संविधान विघटन तिर लगेको देशमा ताना शाह लाद्न खोजेको आरोप लगाई हामी लोकतान्त्रिक शक्ति मिलेर सडक आन्दोलन र अदालतमा गयौं अदालतले लोकतान्त्रिक गठबन्धनको पक्षमा फैसला नगरेको भए अहिले हामी कहाँ हुन्थ्यौ । यहाँहरुलाई थाहै छ त्यसैले आउदो मंसीर ४ को निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराउन आग्रह समेत गरे ।
त्यस्तै बिशेष अतिथि ललितपुर क्षेत्र नं. २ (क) प्रदेशकी रिशा श्रेष्ठले विगतको कुरा हेर्दै जाने हो भने जब देशमा अप्ठ्यारो स्थिति आउछ बहुदलीय लोकतन्त्र, संघीय गणतन्त्र स्थपना गर्दा वा देश ताना शाह तिर जान खोज्दा वाम लोकतान्त्रिक गठबन्धनको आवस्यकता हुने जिकिर गर्दै आउदो मंसीर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराए । यस क्षेत्रका जनताको गुणस्तरीय शिक्षा, स्वास्थ्य, युवाहरुलाई रोजगारी, खानेपानी, महिलाहरुको हक अधिकारको विषयमा आवाज उठाउने विश्वास दिलाउन चाहन्छु ।
अतिथिहरु नेकपा समाजवादीका नेता तथा बागमति प्रदेश कमिटीका सभापति माधव पौडेल, बागमति प्रदेश कमिटी सदस्य नन्द नेउपाने, महलक्ष्मी नगर कमिटी संयोजक नकुल थापा, सह–संयोजक सूर्य बहादुर थापा, नेपाली काँग्रेस निर्वाचन परिचालन २ क क्षेत्रीय संयोजक दिवाकर नेपाल, महालक्ष्मी नगर सभापति दिवाकार सिल्वाल, विवेक कार्की, युवा परिचालन कमिटी संयोजक मुकुन्द श्रेष्ठ, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार कृष्ण कुमार महर्जन, ललितपुर क्षेत्र नं. २ (क) प्रदेश इन्चार्ज राम गोपाल सिंह लगायतका नेताहरुको उपस्थितिमा भएको थियो । कार्यक्रमको सभापतित्व नेपाली काँग्रेसका वडा नं.७ का सभापति पवन कार्कीले गरेका थिए ।