neapl investment mega bank
  • गृहपृष्ठ
  • १ खर्ब ८७ अर्बबढी भित्रियो रेमिट्यान्स, ३९ हजारबढीले लिए पुनः श्रम स्वीकृति

१ खर्ब ८७ अर्बबढी भित्रियो रेमिट्यान्स, ३९ हजारबढीले लिए पुनः श्रम स्वीकृति

Oct 21st, 2022

काठमाडौँ ४ कार्तिक

चालू आर्थिक बर्षको पछिल्लो दुई महिनामा रेमिट्यान्स ९विप्रेषण० १९.८ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म रेमिट्यान्स बढेर १ खर्ब ८७ अर्ब ४ करोड पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १६९।९ प्रतिशतले वृद्धि भई १ लाख तीन हजार ८९८ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०।६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९।५ प्रतिशतले वृद्धि भई रु।२०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ प्रतिशतले घटेको थियो ।