कार्तिक ४, ललितपुर
अब घर केही पालिकाहरुमा नयाँ नियम पालन गर्नु पर्ने बाध्यता भएको छ । जाइका अध्ययन अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका, बागमती गाउँपालिका, काठमाडौंको तारकेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षीण काली नगरपालिका, टोखा नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकामा जाइका टोलीले १५ दिन लगाई अध्ययन गर्दा त्यहाँ हाल बनेका घरहरुको संरचना ९५ प्रतिसत भूकम्पीय जोखिम भएको पाइएको थियो ।
अब बन्ने नयाँ घर जाइका अध्ययन टोलीले दिएको मापदण्ड हुनु पर्ने एक पालिका प्रमुख आधारभूमिलाई जानकारी गराए ।