ललितपुर ,१ कार्तिक
मंसीर ४ गते हुने निर्वाचनको तयारीको लागि लोकतान्त्रिक बाम गठबन्धनले ललितपुरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एकीकृत समाजवादीका पूर्व सांसद तथा वाम गठबन्धनका उम्मेदवार कृष्ण लाल महर्जनले देशमा संकट आएको बेला लोकतान्त्रिक वाम शक्ति एकजुट भएर प्रतिगमन विरुद्ध संघर्ष गर्नु परेको बताउदै फेरी पनि जनताको हक, वलिदान आएको व्यवस्था जोगाउन लोकतान्त्रिक वाम गठबन्धन गरी चुनावमा जानु परेको र आगामी मंसीर ४ बाट तानाशाह र प्रतिगमनको अन्त गर्ने जिकीर गरे ।
नेपाली काँग्रेसका ललितपुर क्षेत्र नं. २ (ख) का प्रदेश उम्मेदवार रामकृष्ण चित्रकारले प्रतिगमनका नाइकेहरुले नागरिकको अधिकारलाई निस्तेज पार्न डेढ महिनामा २ पटक संविधान विघटन गरी देशलाई प्रतिगमनमा जानबाट रोक्न लोकतान्त्रिक वाम गठबन्धन गर्नु परेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति शुदर्शन घिमिरे , नेकपा माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेल, रामगोपाल सिंह, समाजवादीका बागमती पूर्व प्रदेश सभा समितिका सभापति तथा स्थायी कमिटी सदस्य माधव पौडेल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापा, प्रेमल खनाल, नकुल थापा, नेपाली काँगेसका दिवाकर शिल्वाल लगयतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।