neapl investment mega bank
  • गृहपृष्ठ
  • आम निर्वाचनः निर्वाचन आयोगले ल्यायो कल सेन्टर सञ्चालनमा

आम निर्वाचनः निर्वाचन आयोगले ल्यायो कल सेन्टर सञ्चालनमा

Oct 14th, 2022

काठमाडौँ २८ असोज

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धि जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो ।

कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ ।

शुक्रवार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।

त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु ।’