ललितपुर २८ असोज
महालक्ष्मी नगरपालिकाका पूर्व नगरप्रमुख रामेश्वर श्रेष्ठ आसन्न निर्वाचनमा प्रदेशसभा ललितपुर २ . क बाट प्रदेश सभासदका उमेद्वार रहेका छन् उनले । महालक्ष्मीका अधूरा काम पूरा गर्ने लक्ष्य रहेको वताउँदै उमेद्वारी दिएका श्रेष्ठले महालक्ष्मी नगरभित्रको विकासका लागि तय गरेका प्रतिवद्धता सबै पूरा गरेको दाबी गरेका छन् । महालक्ष्मीको समृद्धीमा श्रेष्ठले यस्ता कार्य गरेको दावी गरेका छन् ।
एकल अधिकार र साझा अधिकारको ५५ वटा कानुन निर्माण भएका ।
–भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नगरभित्रका २५ किलोमिटर सडक कालोपत्रे ।
–साघुरा, हिलाम्ये गल्ली र ल्याङ्फ्याङ रहेका शुन्य अवस्थाका सडकहरुलाई महालक्ष्मी नगरभित्रका १० ओटैं वडामा विस्तार ।
–गोदावरी खोलामा पुल निर्माण । दुई लेन र चार लेनका पुलहरु निर्माण । तीन वटा पुलहरु निर्माण हुनेक्रममा ।
–लाकुरी भन्ज्याङमा मनमोहन मेमोरियल टावर निर्माण । मनमोहन मेमोरियल पार्क बनाउन टेण्डर आह्वान । गणेशमान मेमोरियल पार्कको प्रवद्र्धनमा जोड ।
–युवाहरुलाई विदेश पलायन हुनबाट रोकेर उद्यमी बनाउन निःशुल्क बिउ पूँजी लगानी र प्रविधि हस्तान्तरण ।
–विदेशबाट फर्किएर रोजगारी नपाएका धेरे युवाहरुका लागि नगर उद्यमशीलता विकास कार्यक्रम
–राष्ट्रिय वाणिज्य बैंकसँग सरल कर्जामा ऋण लिने व्यवस्था ।
–कृषि क्षेत्रका लागि एकदेखि तीन लाख रुपैयाँसम्म बिना ब्याजमा बिउ पूँजी वितरण ।
–शुन्य शहनशिलतालाई स्थापित गरी पारदर्शिता र सुशासन कायम
–उपत्यकाका १७ क्षेत्रलाई बढाएर महालक्ष्मीभित्र मेलम्ची खानेपानीको कार्यक्षेत्र बनाउन सफल । सर्भे र डिपिआर पछि प्रक्रियामा पाइपलाइन विस्तार । बाँकी ६ देखि १० नम्बर वडाको लागि सर्भे र डिपिआरका लागि पत्राचार ।
–सबै वडामा पानीको पहुँच पुर्याउन ट्यांकी निर्माण, डिप बोरिङ मार्फत काम अघि बढाएको ।
–फोहोर व्यवस्थापन र विस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गरी व्यवस्थापन ।
–कोरोनाले मृत्यु भएका परिवारका १८ वर्षभन्दा मुनीका छोराछोरीहरुलाई २५ हजार बार्षिक अनुदान । गरिब विपन्न्न वर्गका वडा नं १० का सामुदायिक विद्यालयमा पढ्ने सबै छात्राहरुलाई वार्षिक छ हजार रुपैयाँ । एक नम्बर वडादेखि नौ नम्बर वडासम्मका दलित जनजाति विपन्नलाइ आर्थिक सहयोग ।
–कोभिडका समयमा कम क्षति हुने व्यवस्थालाई स्थापित । कोरोनाबाट परिवार गुमाउने बालबालिकाहरुको लागि राहत र अनुदान ।
–कोरोनाले मृत्यु भएका परिवारका १८ वर्षभन्दा मुनीका छोराछोरीहरुलाई २५ हजार बार्षिक अनुदान । गरिब विपन्न्न वर्गका वडा नं १० का सामुदायिक विद्यालयमा पढ्ने सबै छात्राहरुलाई वार्षिक छ हजार रुपैयाँ । एक नम्बर वडादेखि नौ नम्बर वडासम्मका दलित जनजाति विपन्नलाइ आर्थिक सहयोग ।