काठमाडौं ,२४ असोज
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने प्रणालीको लागि ललितपुर क्षेत्र नं २ (क) बाट गंगा राम रिजालले “नीति र नेतृत्व मा सक्षम युवा” भन्ने मूल नारा सहित गठन भएको बैकल्पिक शक्ति हाम्रो नेपाली पार्टी बाट “लौरो” चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन्।
विभिन्न राजनैतिक दलका र स्वतन्त्र भनिएका उम्मेदवारहरु समेत खादा माला लगाएर गठबन्धनको रंगीबिरंगी झण्डा बोकेर समर्थकहरुको हुल बाँधेर उम्मेदवारी दर्ता गर्दै गर्दा रिजालले भने साधारण ढंगले आवश्यक प्रस्ताबक र समर्थक मात्रै लिएर उम्मेदवारी दर्ता गरेका थिए भने थोरै संख्यामा उपस्थित समर्थकहरु आयोगको सम्पर्क कार्यालयको बाहिर नै बसेका थिए।
अहिलेको बेथिति बिरुद्धको परिवर्तनको लागि नारा लाएर मात्रै नहुने बरु आफैंबाट सुरुवात पनि गर्नुपर्ने भएकोले रिजालले उम्मेदवारी दर्ता देखि नै चल्तीको तामझाम को बिरोध गर्दै आफुले सामान्य रूपमा प्रक्रिया पुर्याएको बताए।
उनले भने “यसपटकको निर्वाचन मार्फत जनताहरु परिवर्तन र युवाहरूलाई नै नीति निर्माण तहमा पुर्याउन उत्साहित रहेको हुँदा अहिलेको बिग्रेको रीति लाई बिस्थापन गरि असल थितिको बिकास गर्नु आफ्नो पहिलो प्राथमिकता हुनेछ। त्यसैको कार्यान्वयनको लागि मैले तामझाम रहित उम्मेदवारी दर्ता गरेको हुँ।”
यस क्षेत्रमा हाम्रो नेपाली पार्टीको तर्फबाट लौरो चिन्ह लिएर गंगा राम रिजाल सहित सत्ता गठबन्धन बाट नेपाली कांग्रेसको नेतृ रिशा श्रेष्ठ, एमाले गठबन्धन बाट पुर्व मेयर रामेश्वर श्रेष्ठ, राप्रपा बाट धनराम केसीको पनि उम्मेदवारी रहेको छ।