neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन क्षेत्र तोकेर खर्च सीमा कायम, प्रत्यक्षका उमेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने

निर्वाचन क्षेत्र तोकेर खर्च सीमा कायम, प्रत्यक्षका उमेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने

Oct 9th, 2022

काठमाडौ २३ असोज

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष निर्वाचनमा हुने खर्चको सीमा तोकेको छ । आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवारले कम्तिमा २५ लाख र बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । आयोगले निर्वाचन क्षेत्र तोकेर खर्च सीमा कायम गरेको छ ।

सबैभन्दा कम अर्थात २५ लाख रुपैयाँसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्रमा काठमाडौंका ५ निर्वाचन क्षेत्र छन् । काठमाडौंका निर्वाचन क्षेत्र नम्बर १,३,६,७ र ८ का उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

यसैगरी प्रति उम्मेदवार २७ लाख रुपैयाँ खर्च गर्न पाइने निर्वाचन क्षेत्रको संख्या १७ छ भने ६७ निर्वाचन क्षेत्रका उम्मेदवारले प्रतिउम्मेदवार २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । ५४ निर्वाचन क्षेत्रका उम्मेदवार ३१ लाख रुपैयाँ र बाँकी २६ निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।

त्यस्तै प्रदेशसभा निर्वाचनको लागि आयोगले न्यूनतम खर्च सीमा १५ लाख रुपैयाँ र अधिकतम सीमा २३ लाख रुपैयाँ तोकेको छ ।