काठमाडौं १२ असोज
विवेकशील साझा पार्टीबाट बाहिरीएका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ । घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए ।
मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।