काठमाडा ५ असोज
सम्पत्ति कर नबुझाउने विभिन्न कम्पनीलाई काठमाडौं महानगरले १० दिनभित्र कर तिर्ने अल्टिमेटम सहितको पत्र काटेको छ । महानगरले जय नेपाल हलदेखि वर्ल्ड ट्रेड सेन्टरलाई पत्र काटेको हो। महानगरले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पत्ति कर तिर्न पत्र काटेको हो।
काठमाडौं महानगरले सुन्धारको सिभिल र सीटीसीलाई पत्र काटेको छ। ल्यान्डमार्क होटल, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, ब्लु बर्ड इन्भेष्टमेन्ट, आदार कम्प्लेक्स, सिद्धार्थ वनस्थली स्कुलले सम्पत्ति कर नबुझाएको उल्लेख गरेको छ।
त्यस्तै रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, बरुण वेभरेज नेपाल प्रा.लि, रिद्धिसिद्धि प्रालिलगायत कम्पनीलाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ।