काठमाडौ १ असोज
नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन शनिबार काठमाडौंमा पदयात्रा गरेको छ । बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।
यस पदयात्रालाई वाकथनसमेत भनिएको छ भने यसको सुरुवात एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । बसन्तपुरमा पुगेर सभामा परिणत भएको वाकथान सभामा बोल्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताए ।