काठमाडौ १ असोज
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थका कारण थिति मिचेर गठबन्धन सरकार ल्याएको बताएका छन् । शनीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो वताएका हुन् । उनले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गर्दै परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको उल्लेख गरे ।
उनले प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरिएको र अहिले सबै छताछुल्ल भएको वताए । कस्ता कस्ता सेटिङ भएका थिए ?किन मानपदवी अलङ्कार पदक पाए ?कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न पर्ने किन स्थिति बन्यो उनले प्रश्न गरे ।
उनले ‘प्रतिनिधिसभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुने तर्क गर्दै त्यतिबेला निर्वाचन गराएको भएपनि कुनै प्रणाली नगैकन पनि नयाँ संसद् आउने उल्लेख गरे ।