neapl investment mega bank
  • गृहपृष्ठ
  • को को छन् एमालेबाट सर्वसम्मत सिफारिस हुनेहरु? (सूचीसहित)

को को छन् एमालेबाट सर्वसम्मत सिफारिस हुनेहरु? (सूचीसहित)

Sep 12th, 2022

काठमाडौ २७ भदौ

नेकपा (एमाले)ले मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले प्रतिनिधिसभाका १६५ सिटमध्ये ५२ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । हालसम्म ५२ क्षेत्रमा सर्वसम्मत उम्मदेवार सिफारिस गरेको हो ।

सर्वसम्मत सिफारिस हुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छबिलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिस भएका छन् ।

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेताहरू

प्रदेश नम्बर–१

केपी शर्मा ओली– झापा ५
रविन कोइराला– झापा १
एलपी साँवा लिम्बू– झापा ४
बसन्तकुमार नेम्वाङ– पाँचथर
महेश बस्नेत– इलाम १
सुवासचन्द्र नेम्वाङ– इलाम २
ऋषिकेश पोखरेल– मोरङ २
भानुभक्त ढकाल– मोरङ ३
विनोद ढकाल– मोरङ ४
योगी मण्डल– मोरङ ५
जयकुमार राई– सुनसरी १
भगवती चौधरी– सुनसरी ३
मानवीर राई– सोलुखुम्बु

मधेस प्रदेश

जुलीकुमारी महतो– धनुषा ३
रघुवीर महासेठ– धनुषा ४
अजय गुप्ता– रौतहट १
प्रभु साह– रौतहट ३
बलवीर चौधरी– बारा २
देवनारायण चौधरी– बारा ४
लिलानाथ श्रेष्ठ– सिरहा
राजकुमार गुप्ता– पर्सा ३

बागमती प्रदेश

गोकुल बास्कोटा– काभ्रे २
नवराज सिलवाल– ललितपुर १
प्रेम महर्जन– ललितपुर २
मणिराम फुयाल– काठमाडौँ २
कृष्ण राई– काठमाडौँ ३
डा.राजन भट्टराई– काठमाडौँ ४
ईश्वर पोखरेल– काठमाडौँ ५
राजेश शाक्य– काठमाडौँ ८
रामप्रसाद न्यौपाने– चितवन ३
महेश बस्नेत– भक्तपुर २

गण्डकी प्रदेश

एकबहादुर राना– तनहुँ १
तिलक महत– नवलपुर २
हरिकृष्ण श्रेष्ठ– म्याग्दी

लुम्बिनी प्रदेश

छबिलाल विश्वकर्मा– रूपन्देही १
विष्णु पौडेल– रूपन्देही २
खिमलाल भट्टराई– रूपन्देही ५
ठाकुर गैरे– पाल्पा २
प्रदीप ज्ञवाली– गुल्मी १
शंकर पोखरेल– दाङ २
टोपबहादुर रायमाझी– अर्घाखाँची
सूर्य थापा– प्युठान

कर्णाली प्रदेश

नागिन्द्र शाही– कालीकोट
दल रावल– हुम्ला

सुदूरपश्चिम प्रदेश

लेखराज भट्ट– कैलाली ४
नारदमुनि राना– कैलाली ५
डा.भीम रावल– अछाम २
यज्ञ बोगटी– अछाम २
दामोदर भण्डारी– बैतडी
गणेश ठगुन्ना– दार्चुला
पठानसिंह बोहोरा– डडेलधुरा