neapl investment mega bank
  • गृहपृष्ठ
  • आज ७१ औँ विश्व मानवअधिकार दिवस, राष्ट्रपतिद्वारा शुभकामना

आज ७१ औँ विश्व मानवअधिकार दिवस, राष्ट्रपतिद्वारा शुभकामना

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गर्नुभएको छ ।

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।