भक्तपुर २४ भदौ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेला सम्पन्न गरेको छ । सो भेलामा बोल्दै एमाले नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गरे ।
भक्तपुरमा शुक्रबार आयोजित भेलामा बस्नेतले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरु र अपराधकर्ममा लिप्त रहेकाहरुले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरी अर्थमन्त्री बनाएको आरोप लागाउँदै यस अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी दिएका छन् ।
आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको नेता बस्नेतको तर्क छ । उनले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागेको जिकीर गरे