neapl investment mega bank
  • गृहपृष्ठ
  • परमादेशको गठबन्धनसँग जुध्न मुख, हात, खुट्टा सबैले हान्न तयार भएर बस्न महेश बस्नेतको आग्रह

परमादेशको गठबन्धनसँग जुध्न मुख, हात, खुट्टा सबैले हान्न तयार भएर बस्न महेश बस्नेतको आग्रह

Sep 9th, 2022

आधारभूमि संवाददाता
भक्तपुर, २४ भदौ
भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन तथा निर्वाचन परिचालन कमिटी भेलामा सम्बोधन विशेष अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य, नेपाल राष्ट्रिय युवासंघ इन्चार्ज तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले आउदो मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचन परमादेशी र गठबन्धनको शक्तिसंग लाग्न मुख, हात, गोडा जे ले सम्भव हुन्छ हानी नेकपा एमाले पार्टीका सच्चा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । वर्तमान सरकार दूध मिसाएको पानी जस्तो भएको संसदको अवधि लम्ब्याएर राष्ट्रको ढुकुटी दोहन गर्ने, जनतालाई अभाव, महंगी, भ्रष्टाचारी भएको पूर्व मन्त्री बस्नेतले बताए ।

उनले अहिलेको सरकार नेपाली जनतालाई समयमा मल उपलब्ध गराउन नसक्ने, नेकपा एमालेको पार्टीका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालको नक्सामा चुच्चे नक्सा पार्न सफल भएको, भारतको नाकाबन्दी विरुद्ध बुलन्द आवाज उठाउन सफल भएको, परमादेशी सरकारले सिन्धुपाल्चोका अग्नि सापकोटाको भाईलाई लखेटेको फोटो हालेर महेश बस्नेतको भनी दुष्प्रचार गरी चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाये । यस्ता झूठा आरोप लगाउने गठबन्धनका स्यालहरुलाई नेकपा एमालेका साइबर सर्कलले कानूनी दायरामा ल्याई जेल हाल्ने समेत चुनौती दिए । काठमाडौै महानगरका मेयर बालेन शाहले पार्किङ्गको नाममा जथाभावी डोजर लगाई जनतालाई सास्ती दिन खोजेको आरोप उनले लगाए ।

डेंगुको रोगको महामारीमा नेपाली जनताको स्वास्थ्यमा ख्याल नगरी र दशँैको समयमा जथाभावी डोजर चलाएर व्यवसायीहरुलाई मार्कामा पारेकोमा उनले आक्रोश व्यक्त गरे । व्यवस्थित पार्किङ्ग निर्माण लागि पूर्वमेयर विद्यासुन्दर शाक्यले १० अर्ब रकम विनियोजित गरेको जिकिर गर्दै आउदो मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले परामादेश र गठबन्धनका नेताहरुलाई परास्त गरी नेकपा एमाले नेताहरुलाई विजयी गराउन बस्नेतले आग्रह गरे । राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश संयोजक जय गुरुङ्गले परमादेशको गठबन्धनको सरकारले सुखी नेपाली र सम्बृद्ध नेपालको मूल नारालाई मुर्छित पारेको बताए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ बागमती प्रदेश अध्यक्ष क्रान्ती बुर्लाकोटीले विकासको मोडल हेर्न भक्तपुर आउन सबै दलका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै काठमाडौंमा फोहोरले डुङडुङ गन्हाएको समयमा राष्ट्रिय युवा संघ नेपालले १० दिने सर सफाई अभियान चलाई सफा गरेको बताउदै नेकपा एमालेकोे नव गठीत राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटी र साईबर सर्कलको सफल नेतृत्वले आगामी मंसीर ४ मा हने निर्वाचनमा परमादेशी र गठबन्धनका सरकार ढाल्ने र नेकपा एमालेको नेताहरुलाई विजयी गराउने विश्वास राख्दै आज गठन हुने सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । कार्यक्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा लगायत पार्टीका नगर, वडा, राष्ट्रिय युवा संघ नेपाल, अनेमसंघ, टोल कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।