neapl investment mega bank

बेबारिसे लास फेला

Sep 7th, 2022

सोलुखुम्बु २२ भदौ

सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा नं २ बेवारिसे लास फेला परेको छ। लास त्रिबेणी सामुदायिक बनको तलको भाग राक्से भन्ने ठाँउको खोला किनारामा भेटिएको थियो। बाख्रा चराउन गएका स्थानिय जगत बस्नेतले लास भेटेका थिए। बस्नेतले सामुदायिक प्रहरीलाई खबर गरेका थिए ।

घटनाको सुचना पाउन साथ अस्थाई प्रहरी चौकि का प्रहरीहरु घटना स्थलमा पुगेका थिए। लास चार,पाँच दिन अगाडि नै खोलाले बगाएर किनारामा ल्याएको अनुमान प्रहरीको छ । लास महिलाको हो वा पुरुषको हो चिन्न सक्ने अवस्थामा छैन् । लासको टाउको छैन् एउटा हात छैन् टाउको नभएपनि लास घोप्टो परेको अवस्थामा रहेको देखिन्छ।

प्रहरी सहायक निरीक्षक अरुण खडकाले लासको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि पठाई कानुनी प्रकृया अगाडि बढाउने बताए।