neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी ललितपुरका उमेदवार सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी ललितपुरका उमेदवार सिफारिस

Sep 7th, 2022

ललितपुर २२ भदौ

नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट आगामी निर्वाचनको लागि प्रतिनिधि सभामा उर्जामन्त्री पम्फा भुसाल र सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको हो ।

पार्टीको जिल्ला कार्यालयका अनुसार ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभामा रामगोपाल सिंह र श्यामकृष्ण महर्जनको नाम सिफारिस गरिएको छ । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सासंदका लागि उम्मेदवारका लागि गंगा पराजुलीको नाम भने सर्वसम्मत रुपमा पठाउने निर्णय भएको छ ।

यता समानुपातिकतर्फ लोकबहादुर पुलामी दिपकको नाम सर्वसम्मत रुपमा पठाइएको छ । ललितपुर क्षेत्र नम्बर १को प्रदेशतर्फ क बाट हरि दाहाल, राजु आले मगर,राम आचार्य, नवराज ढुंगाना,राजेन्द्र मोक्तान र प्रेम बहादुर मोक्तान रहेका छन् भने ललितपुर क्षेत्र नमबर १ प्रदेशको ख क्षेत्रबाटबेल बहादुर लुम्बा, गोपाल न्यौपानेको नाम सिफारिस गरिएको छ वताइएको छ ।