neapl investment mega bank
  • गृहपृष्ठ
  • यौन शोषणको आरोप लागेका पल शाहलाई अढाई वर्ष जेल सजाय

यौन शोषणको आरोप लागेका पल शाहलाई अढाई वर्ष जेल सजाय

Sep 7th, 2022

काठमाडौं २२ भदौ

बाल यौनदुरुपयोग आरोपित पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् ।

अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।