neapl investment mega bank
  • गृहपृष्ठ
  • रञ्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको क्षमा याचना

रञ्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको क्षमा याचना

Sep 4th, 2022

काठमाडौं १९ भदौ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलामा माफी माग्दै आफूले प्रायश्चित गरेको बताएका छन् ।

आइतबार महाअभियोग सिफारिस समितिसमक्ष बयान दिंदै सो वताएका हुन् । प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।

श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका रन्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरो अस्वीकार गरेका छन् । उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो । जन्मकैद मुलुकी व्यबस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो । पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’

यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ । ‘कोइरालालाई कम सजाय तोकिँँदा विवेक प्रयोग गर्दा गल्ती भएको यसलाई महाअभियोग लगाइएको हो भने जनतासमक्ष क्षमा चाहन्छु र यसप्रति मलाई प्रायश्चित भएको छ,’ बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै जबराले भने ।