काठमाडौ १० भदौ
राहदानी विभागको बेसमेन्ट काठमाडौ महानगरपालिकाको निर्देशन अनुरुप खाली गराइएको छ । यससंगै अव सो ठाउँमा पार्किङ गर्न खुला हुने भएको छ।
‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ।
यस्तै आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।
यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं। २ बाट प्रवेश गर्न आग्रह गरेको छ।