neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थायी प्रहरी चौकी निर्माणको लागि स्थानीयले दिए जग्गा

स्थायी प्रहरी चौकी निर्माणको लागि स्थानीयले दिए जग्गा

Aug 9th, 2022

सोलुखुम्बु २४ साउन

सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वार्ड नँ २, सल्यान दोदीमा प्रहरी चौकी स्थापनाको लागि दुइजना स्थानीयले जग्गा निशुल्क दिएका छन् । स्थानीय रामनारायण झा ले साँढे दुई रोपनी र बृखमाया थापा मगरले डेढ रोपनी गरि दुबैजनाले जम्मा चार रोपनी जग्गा सुरक्षा प्रहरी चौकी सल्यान दोदीलाई निस्शुल्क उपलब्ध गराएका हुन् ।

प्रहरी चौकी भवन निर्माणको लागि सरकारसंग बजेट माग प्रकृया अगाडि बढाई तत्काल स्थायी प्रहरी चौकीको भवन निर्माण गरिने स्थानिय नेचासल्यान २, का वार्डध्यक्ष सिताराम काफ्लेले बताए। २०६६ सालमा सल्यान दोदीमा जि.प्र.का.सोलुखुम्बु सल्लेरीले अस्थाई सुरक्षा प्रहरी चौकी (सुरक्षा पोष्ट) स्थापना गरेको थियो।

सो अस्थाई प्रहरी चौकीमा हाल ७, जना सुरक्षाकर्मिहरुले निरन्तर सुरक्षा दिँदै आएका छन्। स्थापना काल देखि नै आफ्नै मातहतको भवन अभाबको कारण सुरक्षा दिन असहज भएको हुने गरेको चौकी ईन्चार्ज अरुण खड्काले वताए । सो स्थानमा स्थायी प्रहरी चौकी बनाउन त्यहाँका स्थानीयहरुको माग छ ।