neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलिदेखि उठ्ने काठमाडौँ महानगरपालिकाको फोहोर

भोलिदेखि उठ्ने काठमाडौँ महानगरपालिकाको फोहोर

Jul 27th, 2022

काठमाडौँ ११ साउन

काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको जनाउँदै १२ गते विहीबार विहान ६ बजेदेखि फोहोरमैला ढुवानी सुचारु गरिने जनाइएको छ ।

‘तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।’ सुचनामा भनिएको छ ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।

विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन०को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवाँनी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न पुनः अनुरोध गरेको छ ।