neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीलङ्काका महामहिम राजदुत हिमानी अरुणातिलका संग चेम्वर प्रतिनिधिको भेट

श्रीलङ्काका महामहिम राजदुत हिमानी अरुणातिलका संग चेम्वर प्रतिनिधिको भेट

Dec 9th, 2019

काठमाडौं, मंसिर २३

नेपालका लागि श्रीलङ्काका महामहिम राजदुत हिमानी अरुणातिलकाको चेम्बर अफ कमर्सको जमल स्थित कार्यालयमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुककै अग्रणि र चेम्बर आन्दोलनमा समेत अग्रणि भुमिका निर्वाह गरेको यस नेपाल चेम्बर अफ कमर्सले अर्को महिना सत्तरीऔं वर्ष प्रवेश गर्न गईरहेको र अविच्छिन्न तवरबाट आफ्नो भुमिकामा कटिबद्घ रहेको बताएका छन् । उनले हालको परिवर्तित समयमा प्रदेश, जिल्ला तथा नगर स्तर समेतमा चेम्बरको विस्तार गरि ब्यावसायको विकास र पैरवीको कार्यमा चेम्बर सक्षम रहेकोमा जोड दिए ।

चेम्बरको आयोजनामा आगामि फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२० मा श्रीलङ्काबाट समेत सहभागिताका लागि अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले श्रीलङ्कामा हुने औद्योगिक÷ब्यापारीक मेलामा नेपाली ब्यावसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटकहरु नेपाल भित्र्याउन सफल हुने अपेक्षा समेत राखे । अध्यक्ष श्रेष्ठले नेपालको श्रीलङ्कन एयरलाईन्ससंग भएको सम्झौताले समेत दुई मुलुक बिच पर्यटन प्रवद्र्घन गर्न उल्लेख्य भुमिका खेल्ने र एयरलाईन्सबाट ढूवानी लागतमा सहुलियतपुर्ण दर दिनुपर्ने बताए ।

सन् २०१७ मा नेपाल श्रीलङ्का बिच दौत्य सम्बन्ध स्थापना भएको साठिऔं बर्षको स्मरण गर्दै १९५७ मा दौत्य सम्बन्ध स्थापना पछि सम्बन्ध थप प्रगाढ हुदै गएको अध्यक्ष श्रेष्ठको भनाई थियो । सन् २०१७ मा १८ लाख अमेरिकी डलर बराबर कारोबार भएको र सन् २०१८ माख बढेर २२ लाख अमेरिकी डलर बरावरको कारोवार भएकोमा यो संख्या सय गुणाले बढाउनु पर्ने आवस्यकता रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि श्रीलङ्काका महामहिम राजदुत हिमानी अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएता पनि यसले मूर्त रुप लिन नसकेको तर पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्क आदि विषय वस्तुमा गहन छलफल गरी आफ्नो कार्यकालमा यस आयोगको सक्रियता बढाउने कुरा बताए । वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिदै उनले प्रविधि बैंकिङ्क, पर्यटन, सूचना प्रविधी आदिमा समेत द्धिपक्षीय व्यापार लगानी प्रबद्र्धनमा जोड दिन आफ्नो कार्यकालमा आफू प्रयत्नशील रहने बताए । राजदुत अरुणातिलकाले नेपाल भूपरिवेष्ठित मुलुकमै विभिन्न समस्या सामना गर्नु परेकोले सो समस्याको सम्बोधन नै आफ्नो कार्यकालमा दुई मुलुकबीच आर्थिक सम्बन्ध निजी क्षेत्रको सक्रियता मार्फत मजमूत बनाउने बताए ।

सो अवसरमा उनले नेपाल भ्रमण वर्ष २०२० मा श्रीलङ्काकाबाट कलाकार, क्रिकेटरहरु लगायत सर्वसाधारण आउनका लागि आफूले पहल गर्ने आश्वासन दिए । राजदुत हिमानी अरुणातिलकाले आगामी दिनमा भैरहवा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनसँगै लुम्बिनीसँग श्रीलङ्काकाको सिधै हवाई सेवा शूरु भई धार्मीक पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा रहेको बताए ।

सो अवसरमा चेम्बरका पदाधिकारी, सदस्यहरु, जिल्ला चेम्बरका अध्यक्षहरु ल्गायतका उद्यमी ब्यावसायीहरुको उपस्थिति थियो ।