neapl investment mega bank
  • गृहपृष्ठ
  • व्यापार घाटा हालसम्मकै उच्च, गत वर्ष १७ खर्ब २० अर्ब ४१ करोड भन्दा वढि घाटा

व्यापार घाटा हालसम्मकै उच्च, गत वर्ष १७ खर्ब २० अर्ब ४१ करोड भन्दा वढि घाटा

Jul 25th, 2022

काठमाडौं ९ साउन

गत आर्थिक वर्षमा नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भएको व्यापार घाटा अहिलेसम्मकै सबैभन्दा बढी हो । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ र २०७४र७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको थियो ।