neapl investment mega bank
  • गृहपृष्ठ
  • स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

Jul 21st, 2022

वालिङ ५ साउन

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो ।