काठमाडौं, ३ साउन
आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् ।भट्टराईले दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म रहेको थियो ।
भट्टराइसंगै कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् ।सोमबार एक कार्यक्रम गरी कम्पनीका कर्मचारीले दुवैजनालाई बिदाइ गरेका थिए ।