काठमाडौ ३१ असार
रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम एक समारोहकाबीच संपन्न भएको छ । स्वार्थ भन्दा माथि सेवा भन्ने साझा उद्धेश्यका साथ क्रियाशील रोटरी क्लब काठमाडौ डाउनटाउनले मानबीय र सामाजिक कार्यलाई प्रभाबकारी रुपमा अगाडि बढाउदै आएको छ ।
बिगत दुइ बर्ष अगाडि मात्र रोटरीयन श्यामबहादुर पराजुलीको अध्यक्षतामा स्थापना भएको छोटो समयमा स्वास्थ्य शिबिर , ग्रामीण क्षेत्रका बिधार्थीहरुलाई स्टेशनरी लगायतका सामग्री बितरण , रक्तदान , बृक्षारोपण, अनाथ आश्रममा सहयोग , गंभीर बिरामी भै उपचार पाउन नसकेकालाई सहयोग लगायतका सामाजिक र मानबीय सहयोगका कार्यक्रम संचालन गरी डिस्ट्र«ीकमै उदाहरणीय क्लबको रुपमा स्थापित भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पास्ट डिस्ट्रीक गभर्नर चिन्तामणि भट्राईले रोटरी क्लब अफ काठमाडौ डाउनटाउनका नयां अध्यक्ष अर्थात ०२२, ०२३ का अध्यक्ष लोकबहादुर टण्डनलाई खादा लगाई दिएका थिए भने चार्टरप्रेसिडेण्ट श्यामबहादुर पराजुलीले चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।
अशिष्टेण्ट गभर्नर अनिश बज्राचार्यले अध्यक्ष टण्डनलाई शपथ ग्रहण गराएका थिए भने अध्यक्ष टण्डनले बोर्डका सदस्यहरुको परिचय गराएका थिए । कार्यक्रममा पाष्ट डिस्ट्रीक गभर्नर चिन्तामणि भट्राई ,बरिष्ठ पत्रकार टंक पन्त, क्लबका अध्यक्ष लोकबहादुर टण्डन, चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुली , ०२१,०२२का अशिष्टेण्ट गभर्नर लक्ष्मी खनाल,प्रेसिडेण्ट इलेक्ट अमोलचन्द्र प्रधान , अनोजराज पौडेल लगायतले रोटरीले गर्देै आएका काम र आगामी योजनाकाबारेमा प्रकाश पारेका थिए ।
यस क्लबमा विभिन्न क्षेत्रका बिशिष्ट महानुभाबहरु जस्तै चिकित्सक, इन्जिनियर , बरिष्ठ पत्रकार , चार्टड एकाउन्टेन्ट , समाजसेबी , स्वास्थ्यकर्मी , चिकित्सक , पुर्ब न्यायाधीश, अधिबक्ता, सुरक्षा निकायका पुर्ब अधिकारीहरु, प्राध्यापक एवं बिजनेशमेन लगायत हरेक क्षेत्रका ब्याक्तित्वहरुको सहभागिता रहेको छ ।