काठमाडौँ, २७ असार
ज्योति विकास बैंकले सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकले बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो।
मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी श्री ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। साथै, गोदावरी नगरपालिका वडा नं .२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर श्री विरेन्द्र भट्ट र बैंकका संस्थापक शेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष श्री प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा गर्नुभएको थियो।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।