neapl investment mega bank

उपनिर्वाचनको समीक्षा गर्दै नेकपा

Dec 9th, 2019

काठमाडौँ, २३ मङ्सिर (रासस)

उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षाका लागि नेकपा जुटेको हो ।

यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकामा सो प्रतिवेदन प्राप्त भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।