neapl investment mega bank
  • गृहपृष्ठ
  • बलात्कारका घटनामा उजुरीको हदम्याद तीन बर्षको बनाउने समितिको निर्णय

बलात्कारका घटनामा उजुरीको हदम्याद तीन बर्षको बनाउने समितिको निर्णय

Jul 9th, 2022

काठमाडौ ।
बलात्कारका घटनामा परेकाहरूले उजुरी गर्ने समय घटना भएको मितिले तीन वर्षसम्म हुनु पर्ने निर्णय गरिएको छ। संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै सो निर्णय गरेको हो ।

समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन् भने बालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनेछ । समितिले यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत रुपले गरेको र संसदले सोही आधारमा ऐन संशोधन गर्ने वताइएको छ ।

अपराध संहितामा यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो। बलात्कारका घटनामा छोटो हदम्याद भएका कारण धेरै पीडितहरू न्यायबाट बञ्चित रहेको भन्दै अधिकारकर्मीहरूले हदम्यादको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए।